काठमाडौं । भोटेकोशीमा आएको बाढीपछि भक्तपुरका २८ जना सम्पर्कविहीन भएका छन् । बाढीपछि भक्तपुरका विभिन्न स्थानका व्यक्तिहरु परिवारको सम्पर्कमा नआएपछि खोजी सुरु गरिएको हो ।
जिल्ला प्रहरी परिसर भक्तपुरले २८ परिवारले आफन्तको अवस्था पत्ता लगाइदिन प्रहरीमा निवेदन दिएको जनाएको छ ।
प्रहरीले प्राप्त विवरणका आधारमा सम्पर्कविहीनको खोजी तथा उनीहरूको अवस्थाबारे जानकारी संकलन गरिरहेको जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?