रसुवाको हाइड्रो सुरुङमा उद्धार जारी, दुई जनाको सकुशल उद्धार
काठमाडौं । बाढीका कारण जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका व्यक्तिको उद्धारका लागि नेपाली सेनाले खोजी तथा उद्धार अभियान तीव्र बनाएको छ ।
जटिल भौगोलिक अवस्था र सुरुङभित्रको जोखिमबीच सेनाको टोलीले अहिलेसम्म दुई जनालाई सकुशल बाहिर निकालेको छ । सुरुङभित्र कति जना फसेका छन् भन्ने अझै यकिन हुन सकेको छैन ।
विशेष तालिमप्राप्त उद्धारकर्मी र आवश्यक प्राविधिक उपकरण परिचालन गरेर सेनाले सुरुङका विभिन्न भागमा खोजी गरिरहेको छ । बाँकी व्यक्तिको अवस्था पत्ता लगाई सुरक्षित रूपमा उद्धार गर्ने प्रयास जारी रहेको सेनाले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?