काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत र पुनःस्थापनामा सहयोग पुर्याउन टोखा नगरपालिकाले १ करोड २० लाख रुपैयाँ उपलब्ध गराउने भएको छ ।
नगरपालिकाले जनप्रतिनिधिको सेवा सुविधा तथा कर्मचारी र शिक्षकको पारिश्रमिकबाट बचत हुने रकमसहित विपद् व्यवस्थापन कोषबाट २० लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पठाउने निर्णय गरेको हो ।
बाढीबाट क्षतिग्रस्त क्षेत्रमा सडक, पुल वा विद्यालयमध्ये एक सार्वजनिक संरचना पुनर्निर्माणका लागि सम्बन्धित स्थानीय तहलाई थप १ करोड रुपैयाँ अनुदान दिने निर्णय पनि गरिएको छ ।
नगरपालिकाले यो सहयोग बाढी प्रभावित क्षेत्रमा तत्काल राहतसँगै आवश्यक सार्वजनिक पूर्वाधार पुनर्निर्माणमा प्रयोग हुने जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?