काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनःस्थापनाका लागि गण्डकी प्रदेश सरकारले ४ करोड रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ।
मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेका अनुसार उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा जम्मा गरिनेछ।
बाढीपछि बेपत्ता नागरिकको खोजी, जोखिममा रहेकाको उद्धार र भेटिएका शवको व्यवस्थापनका लागि प्रदेश सरकारले सम्बन्धित निकायसँग समन्वय गरिरहेको छ। घाइतेको उपचार तथा प्रभावित र आश्रयविहीन परिवारका लागि सुरक्षित बसोबास, खाना र आवश्यक राहत उपलब्ध गराउन पनि सरकारको ध्यान केन्द्रित रहेको मुख्यमन्त्री पाण्डेले बताउनुभएको छ।
उहाँले विपद्को अवस्थामा उद्धार र राहतलाई प्रभावकारी बनाउन सम्बन्धित सबै निकायलाई सक्रिय रूपमा परिचालन हुन आग्रह गर्नुभएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?