मोटरसाइकल दुर्घटनामा जनमत पार्टीका केन्द्रीय सदस्य पाण्डेको निधन
काठमाडौं । बारामा भएको मोटरसाइकल दुर्घटनामा जनमत पार्टीका केन्द्रीय सदस्य सुजित पाण्डेको ज्यान गएको छ।
कलैया उपमहानगरपालिका–१४ लक्ष्मीनियामा बिहीबार राति भएको दुर्घटनामा ३३ वर्षीय पाण्डेको मृत्यु भएको हो।
पाण्डेको निधनप्रति जनमत पार्टी बारा जिल्ला समितिले दुःख व्यक्त गर्दै उहाँको निधनले पार्टीलाई अपूरणीय क्षति पुगेको जनाएको छ। समितिले शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?