भोटेकोशी बाढीपछि उद्धारमा १३ हजार सुरक्षाकर्मी, ९७७ जना सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी बाढीपछि उद्धार, राहत र पुनःस्थापनाका लागि १३ हजार २ सय ९५ सुरक्षाकर्मी र १५ वटा हेलिकप्टर परिचालन भएका छन् । विपद् प्राधिकरणका अनुसार हालसम्म १ हजार ९७६ जनाको उद्धार गरि सकिएको जनाएको छ ।
बाढीमा १३० जना घाइते भएका छन् भने ९७७ जना अझै सम्पर्कविहीन छन् । विभिन्न जिल्लाबाट हालसम्म ३८९ शव फेला परेको प्राधिकरणले जनाएको छ ।
प्रभावित क्षेत्रमा सडक खुलाउन भारी उपकरण परिचालन गरिएको छ भने रसुवा, नुवाकोट र धादिङका लागि सरकारले क्रमशः एक करोड, एक करोड र ५० लाख रुपैयाँ तत्काल राहत रकम पठाएको छ ।
प्राधिकरणले ल्हेन्दे खोलाको माथिल्लो क्षेत्रमा बहाव थुनिएर ताल बनेको प्रारम्भिक विवरण सार्वजनिक गर्दै पुनः ठूलो बाढी आउन सक्ने जोखिम औँल्याएको छ । भोटेकोशी र त्रिशूलीको तल्लो तटीय क्षेत्रका बासिन्दालाई नदीको सतह र सरकारी सूचनाप्रति निरन्तर सचेत रहन आग्रह गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?