काठमाडौं । भोटेकोशी बाढीमा घाइते भएका ५९ जनाको काठमाडौंका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
जिल्ला आपतकालीन कार्यसंचालन केन्द्रले रसुवा, नुवाकोटलगायत बाढी प्रभावित क्षेत्रबाट ८८ जनालाई उद्धार गरी उपचारको लागि काठमाडौं ल्याइएको जनाएको छ । तीमध्ये २९ जना उपचारपछि डिस्चार्ज भइसकेका छन् ।
हाल राष्ट्रिय ट्रमा सेन्टरमा १९, शिक्षण अस्पताल महाराजगञ्जमा ३, नर्भिक र मनमोहन अस्पतालमा २-२ तथा वीर, ग्रीनसिटी, मनमैजु शुभम् र नेपाल मेडिकल कलेजमा एक-एक जनाको उपचार भइरहेको छ ।
अस्पतालमा रहेका घाइतेको अवस्था र उपचारबारे सम्बन्धित निकायले नियमित समन्वय गरिरहेको जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?