रवीन्द्र ढाँट आज यूएफसीको फाइनल पुग्ने लक्ष्यमा, न्यूजिल्याण्डका खेलाडीसँग भिड्दै
काठमाडौं । नेपाली एमएमए फाइटर रवीन्द्र ढाँट आज रोड टु यूएफसी सिजन–५ को सेमीफाइनलमा न्यूजिल्यान्डका अपराजित फाइटर कासिब मर्डोकसँग भिड्दैछन् । चीनको सांघाईमा हुने यो प्रतिस्पर्धा नेपाली समयअनुसार दिउँसो २ बजेर ४५ मिनेटमा सुरु हुनेछ ।
‘बझाङ्गी बाघ’ का नामले परिचित रवीन्द्रले व्यावसायिक करिअरमा १० मध्ये ९ खेल जितेका छन् । उनले यसअघि क्वार्टरफाइनलमा फिलिपिन्सका किम्बर्ट अलिन्टोजोनलाई हराउँदै सेमीफाइनलको यात्रा तय गरेका हुन् ।
मर्डोक भने अहिलेसम्म अपराजित छन् । त्यसैले रवीन्द्रका लागि आजको भिडन्त चुनौतीपूर्ण मानिएको छ ।
आज मर्डोकलाई हराए रवीन्द्र रोड टु यूएफसीको फाइनल पुग्ने पहिलो नेपाली फाइटर बन्नेछन् । फाइनल जित्न सके प्रतिष्ठित यूएफसीसँग व्यावसायिक सम्झौता गर्ने अवसरसमेत पाउनेछन् ।
सांघाईको अक्टागनमा हुने आजको भिडन्तले रवीन्द्र र नेपाली एमएमएलाई विश्वमञ्चमा पुर्याउने ऐतिहासिक अवसर बन्ने छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?