काठमाडौं । नयाँ जनै र रक्षासूत्र धारण गर्दै जनैपूर्णिमा पर्व आज देशभर मनाइँदैछ । बिहानैदेखि भक्तजन नदी, कुण्ड, ताल तथा पोखरीमा स्नान गरी गुरु–पुरोहितबाट रक्षासूत्र बाँध्ने र नयाँ जनै फेर्ने गरिरहेका छन् ।
तागाधारी समुदायले विधिपूर्वक मन्त्रिएको जनै धारण गर्नुका साथै ऋषिहरूको तर्पण गर्ने परम्परा छ। यही कारण जनैपूर्णिमालाई ऋषितर्पणी पनि भनिन्छ। पर्वको अर्को विशेषता क्वाँटी हो। विभिन्न ११ प्रकारका गेडागुडी मिसाएर बनाइने क्वाँटीलाई पौष्टिक परिकारका रूपमा खाने चलन छ।
तराई क्षेत्रमा दिदीबहिनीले दाजुभाइको हातमा राखी बाँधेर जनैपूर्णिमा मनाउने गर्छन्। यस अवसरमा पशुपतिनाथ, गोसाइँकुण्ड, मणिचूड, कुम्भेश्वर, पाँचपोखरी तथा जनकपुरधामका विभिन्न धार्मिकस्थलमा भक्तजनको चहलपहल बढेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?