काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारी नियुक्त गरेको छ ।
यसअघि उपकुलपति नियुक्त गरेको मन्त्रालयले शिक्षाध्यक्ष, रजिस्ट्रार, दुई डीन र अस्पताल निर्देशक नियुक्त गरेको हो । मन्त्रालयले प्रतिष्ठानको शिक्षाध्यक्षमा डा. बाबुराजा महर्जन, रजिस्ट्रारमा डा. अरुण शाही, स्कुल अफ मेडिसिनको डीनमा डा. आशिष श्रेष्ठ, स्कुल अफ नर्सिङ एन्ड मिडवाइफरीको डीनमा शोभालक्ष्मी बज्राचार्य र अस्पताल निर्देशकमा डा. सन्तवीर महर्जनलाई नियुक्ति गरिएको छ ।
नवनियुक्त पदाधिकारीलाई आज मन्त्रालयमा आयोजित कार्यक्रममा स्वास्थ्यमन्त्री निशा मेहता नियुक्तिपत्र प्रदान गर्नुभयो । प्रतिष्ठानको उपकुलपतिमा डा. नवीसमान सिंह प्रधान यसअघि नै नियुक्त भइसक्नुभएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?