मुस्ताङमा भेडाच्याङ्ग्राको व्यापारिक चहलपहल सुरु, हिउँ छिचोल्दै ल्याइए एक हजार भेडाच्याङ्ग्रा
काठमाडौं । दसैं नजिकिएसँगै मुस्ताङमा भेडाच्याङ्ग्राको व्यापारिक चहलपहल सुरु भएको छ । यसै क्रममा मुस्ताङको जोमसोममा माथिल्लो डोल्पाबाट भेडाच्याङ्ग्रा ल्याइएका छन् ।
उपल्लो मुस्ताङबाट भने शनिबारसम्म भेडाच्याङ्ग्रा जोमसोम आइपुग्ने बताइएको छ । डोल्पाबाट जोमसोम भेडाच्याङ्ग्रा ल्याउन एक साताभन्दा बढी समय लागेको बताइएको छ । डोल्पो बुद्ध गाउँपालिकाबाट यही असोज ९ गते जोमसोमतर्फ हिँडाइएका भेडाच्याङ्ग्रा असोज १७ गते साँझ जोमसोम ल्याइपुर्याईएको ब्यापारीहरुले बताएका छन् । डोल्पाबाट ल्याइएका भेडाच्याङ्ग्रा अहिले जोमसोमको घरपझोङ गाउँपालिकास्थित सार्वजनिक मैदानमा राखिएको छ ।
भेडाच्याङ्ग्रा व्यापारीका अनुसार डोल्पाबाट मुस्ताङ आउने बाटोमा सेताम्मे हिउँ जमेको थियो । भारी वर्षा र हिमपातका कारण मुस्ताङ–डोल्पा जोड्ने पदमार्गमा निकै कठिन भएको उनीहरुले बताएका छन् । माथिल्लो डोल्पाका डोल्पो बुद्ध, से–फोक्सुन्डो र छार्काताङसोङ गाउँपालिकाका किसानबाट खरिद गरी जोमसोम ल्याइएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?