काठमाडौं । सर्लाहीको बरहथवा नगरपालिका–१५ बेलटोलस्थित एकारसी नदीमा स्थानीय घोँगी खोज्न व्यस्त छन् । नदी तथा खोल्सामा पाइने घोँगी खोज्ने चलन यहाँका स्थानीयको दैनिकीसँगै परम्परागत खाद्य संस्कृतिसँग पनि जोडिएको छ ।
थारू र मधेशी समुदायमा घोँगी लोकप्रिय परिकारका रूपमा चिनिन्छ । नदी, पोखरी तथा पानी जम्ने स्थानमा पाइने घोँगी संकलन गरेर स्थानीयले घरायसी उपभोगका लागि प्रयोग गर्ने गर्छन् ।
घोँगी स्वादका लागि मात्र नभई पोषणका दृष्टिले पनि उपयोगी खाद्य पदार्थ मानिन्छ । स्थानीय परिकारका रूपमा पुस्तौँदेखि प्रयोग हुँदै आएको घोँगीले थारू तथा मधेशी समुदायको मौलिक खानपानको रुपमा लिइन्छ ।
स्थानीय मौलिक परिकारका रूपमा घोँगीको प्रयोग र यसको खोजी परम्पराले तराई–मधेशको खानपान संस्कृतिलाई जीवन्त राख्दै आएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?