काठमाडौं । प्रदेश आयुर्वेद चिकित्सालय तनहुँले बालबालिकाको स्वास्थ्य प्रवद्र्धन गर्ने उद्देश्यले स्वर्णविन्दु खुवाउने कार्यक्रम संचालन गर्दै आएको छ । चिकित्सालयमा मंगलबार पनि बालबालिकालाई स्वर्णविन्दु खुवाइएको छ ।
चिकित्सालयले एक वर्षदेखि पाँच वर्ष उमेर समूहका बालबालिकालाई प्रत्येक महिनाको पुष्य नक्षत्रका दिन स्वर्णविन्दु खुवाउने व्यवस्था गर्दैआएको छ । आयुर्वेद चिकित्सामा बालबालिकाको शारीरिक तथा मानसिक विकास र स्वास्थ्य प्रवद्र्धनका लागि स्वर्णविन्दु प्राशनलाई महत्वपूर्ण मानिन्छ ।
स्वर्णविन्दु खुवाउने कार्यक्रममा निर्धारित उमेर समूहका बालबालिकालाई चिकित्सालयमा ल्याई आयुर्वेदिक विधिअनुसार स्वर्णविन्दु खुवाउने गरिएको छ । प्रत्येक महिनाको पुष्य नक्षत्रका दिन कार्यक्रम संचालन हुने भएकाले अभिभावकले आफ्ना बालबालिकालाई चिकित्सालयमा लैजाने गरेका छन् ।
बालबालिकाको स्वास्थ्यप्रति अभिभावकमा सचेतना बढाउने तथा आयुर्वेदिक उपचार र स्वास्थ्य प्रवद्र्धनका सेवाबारे जानकारी गराउने उद्देश्यले कार्यक्रम संचालन गरिएको चिकित्सालयले जनाएको छ ।
चिकित्सालयमा नियमित रूपमा संचालन हुँदै आएको स्वर्णविन्दु कार्यक्रमले बाल स्वास्थ्यसम्बन्धी आयुर्वेदिक सेवाको पहुँच विस्तार गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?