काठमाडौं । चन्द्रागिरि नगरपालिका–८ मा ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण गरिएको छ । वडा स्वास्थ्य चौकीको पहलमा मातातीर्थस्थित ज्येष्ठ नागरिक भवनमा स्वास्थ्य परीक्षण कार्यक्रम संचालन गरिएको हो ।
कार्यक्रममा बुधबार २२ जना ज्येष्ठ नागरिकको स्वास्थ्य जाँच गरिएको वडा स्वास्थ्य चौकीकी सिनियर अ.हे.व. रुपा खनालले जानकारी दिनुभयो । उहाँले स्वास्थ्य परीक्षणका क्रममा ज्येष्ठ नागरिकको रक्तचाप, रगतमा चिनीको मात्रा तथा तौल जाँच गरिएको थियो ।
स्वास्थ्य परीक्षणका क्रममा २२ जनामध्ये चार जनामा उच्च रक्तचापको समस्या देखिएको खनालले बताउनुभयो ।
ज्येष्ठ नागरिक भवनमा संचालन गरिएको स्वास्थ्य परीक्षण कार्यक्रम अझै दुई दिन जारी रहनेछ । त्यस अवधिमा वडाका थप ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण गरिने छ ।
वडा स्वास्थ्य चौकीले ज्येष्ठ नागरिकको स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै नियमित रूपमा स्वास्थ्य परीक्षण गर्दै आएको छ । सिनियर अ.हे.व. खनालले ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण प्रत्येक महिना संचालन हुँदै आएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?