काठमाडौं । रसुवास्थित भोटेकोशीमा आएको बाढीले बगाएर ल्याएको बैंकको सेफ (भल्ट) फोड्ने २९ जना पक्राउ परेका छन् । बाढीसँगै बगेर त्रिशूलीमा आएको सेफ फुटाउने २९ जनालाई सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोलीले नियन्त्रणमा लिएको हो ।
उनीहरुबाट ९२ लाख ६८ हजार ५०५ रुपैयाँ समेत बरामद भएको सशस्त्र प्रहरीले जानकारी दिएको छ । यसबारे थप अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?