काठमाडौं । इन्द्रजात्रा नजिकिएसँगै काठमाडौंको वसन्तपुरस्थित ऐतिहासिक कुमारी घरको मर्मतसंभारको कामलाई तीव्रता दिइएको छ । जात्राका लागि आवश्यक तयारीसँगै कुमारी घरलाई व्यवस्थित बनाउने काम भइरहेको हो ।
कुमारी घरको छानामा झिँगटी इँटा राख्ने, बाहिरी भागको संरचना मर्मत गर्ने तथा आवश्यक सुधारका काम अहिले भइरहेका छन् ।
इन्द्रजात्राका बेला वसन्तपुर क्षेत्रमा स्वदेशी तथा विदेशी भक्तजन र पर्यटकको चहलपहल बढ्ने भएकाले कुमारी घरको संरक्षण र मर्मतलाई विशेष महत्व दिइएको छ । ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको यस सम्पदालाई पर्वअघि नै आवश्यक रूपमा तयार पार्ने प्रयास भइरहेको छ ।
कुमारी घर काठमाडौंको सांस्कृतिक पहिचानसँग जोडिएको महत्वपूर्ण सम्पदा भएकाले यसको मर्मत गर्दा मौलिक संरचना र स्वरूपलाई जोगाउने विषयलाई प्राथमिकता दिनुपर्ने देखिन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?