काठमाडौं । ललितपुरको ऐतिहासिक पाटन दरबार परिसरमा रहेको प्राचीन ढुङ्गेधारा अवलोकन गर्दै विदेशी पर्यटकहरु रमाउन थालेका छन् । कला, संस्कृति र सम्पदाले समृद्ध पाटन दरबार क्षेत्र घुम्न आउने पर्यटकका लागि यहाँका ऐतिहासिक संरचना प्रमुख आकर्षणको गन्तब्य बनेको छ ।
परम्परागत वास्तुकला र मौलिक शिल्पकलाले सजिएको पाटन दरबार परिसरका ढुङ्गेधारा, मन्दिर तथा अन्य सम्पदाले नेपालको प्राचीन सभ्यता र जीवनशैली झल्काउने गरेका छन् । यही कारण विदेशी पर्यटकहरू यहाँका ऐतिहासिक सम्पदाको अवलोकन तथा तस्बिर खिच्न विशेष रुचि देखाउने गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?