चन्द्रागिरिमा भोलि र पर्सी भिटामिन ‘ए’ तथा जुकाको औषधि खुवाइने
काठमाडौं । चन्द्रागिरि नगरपालिकाले राष्ट्रिय भिटामिन ‘ए’ तथा जुकाको औषधि वितरण कार्यक्रमअन्तर्गत पहिलो चरणको अभियान सञ्चालन गर्ने भएको छ ।
नगरपालिकाका अनुसार यस वर्ष दसैँ बिदाका कारण प्रभावित भएको राष्ट्रिय कार्यक्रमअन्तर्गत कात्तिक १७ र १८ गते (भोलि र पर्सी) बालबालिकालाई भिटामिन ‘ए’ तथा जुकाको औषधि खुवाइने कार्यक्रम तय गरिएको हो ।
अभियानअन्तर्गत ६ महिनादेखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल तथा १२ महिनादेखि ५९ महिनासम्मका बालबालिकालाई जुकाको औषधि खुवाइनेछ । नगरपालिकाले तोकिएको मितिमा आफ्ना बालबालिकालाई नजिकैको स्वास्थ्य संस्था, वडा कार्यालय वा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकामार्फत औषधि खुवाउन अभिभावकलाई आग्रह गरेको छ ।
बालबालिकाको पोषण, स्वस्थ विकास तथा रोग प्रतिरोधात्मक क्षमता अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालन हुन लागेको अभियानमा सबै अभिभावकलाई सहभागी हुन नगरपालिकाले अनुरोध गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?