प्रहरी वृत्त थानकोटका डीएसपी दीपकबहादुर केसी ‘उत्कृष्ट प्रहरी’ घोषित
काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले प्रहरी वृत्त थानकोटका प्रहरी नायब उपरीक्षक (डीएसपी) दीपकबहादुर केसीलाई २०८३ साल असोज महिनाको ‘उत्कृष्ट प्रहरी’ घोषित गर्दै प्रशंसापत्र प्रदान गरेको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंले कात्तिक ११ गते जारी गरेको प्रशंसापत्रमा केसीले नेपाल प्रहरी संगठनबाट प्राप्त जिम्मेवारीलाई व्यावसायिक निष्ठा र संगठनको नीतिअनुसार कुशलतापूर्वक निर्वाह गरेको उल्लेख गरिएको छ । प्रशंसा–पत्रमा शान्ति सुरक्षा कायम गर्ने तथा प्रहरी कारबाहीलाई प्रभावकारी बनाउन वृत्त प्रमुखका रूपमा निर्वाह गरेको भूमिकाको प्रशंसा गरिएको छ । साथै सर्वसाधारण नागरिकलाई सुरक्षाको अनुभूति गराउने कार्यमार्फत नेपाल प्रहरी संगठनको गरिमा र प्रतिष्ठा अभिवृद्धिमा योगदान पुर्याएको भन्दै उहाँलाई सम्मान गरिएको जनाइएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दिलीप घिमिरेद्वारा हस्ताक्षरित प्रशंसापत्रमा डीएसपी केसीले ग्रहण गर्दै आगामी दिनमा पनि आफूलाई सुम्पिएको जिम्मेवारी कर्तव्यनिष्ठ भएर पूरा गर्ने बाचा गर्नुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?