प्रधानमन्त्री राहत तथा उद्धार कोषमा १८ अर्बभन्दा बढी मौज्दात
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष तथा प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सोमबार बिहान ९ बजेसम्म यी कोषका विभिन्न बैंक खातामा कुल १८ अर्ब १३ करोड ६१ लाख ८७ हजार ६८६ रुपैयाँ बराबरको मौज्दात रहेको जनाएको छ ।
कार्यालयले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका विभिन्न ९ वटा वाणिज्य बैंकमा नेपाली रुपैयाँ १३ अर्ब ४९ करोड ४६ लाख ८९ हजार ९५७ मौज्दात रहेको छ । विपद् व्यवस्थापन, उद्धार तथा प्रभावितलाई राहत उपलब्ध गराउने उद्देश्यले संचालनमा रहेका कोषमा विभिन्न क्षेत्रबाट आर्थिक सहयोग प्राप्त भइरहेको जनाइएको छ ।
यसैगरी, हिमालयन बैंक र लक्ष्मी सनराइज बैंकमा रहेका अमेरिकी डलर खातामा तीन करोड पाँच लाख ३६ हजार १६९ अमेरिकी डलर मौज्दात रहेको विवरणमा उल्लेख छ । नेपाली रुपैयाँ र अमेरिकी डलरमा रहेको रकमसमेत जोडेर कोषको कुल मौज्दात उल्लेख गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?