काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल प्रिमियर लिग (एनपिएल) केही वर्षमै नेपाली खेलकुदको ठूलो उत्सवका रूपमा स्थापित भएको उल्लेख गरेका छन् ।
आजदेखि सुरु हुन लागेको एनपिएलको तेस्रो संस्करणका अवसरमा प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमार्फत सफलताको शुभकामना व्यक्त गरेका छन् ।
एनपिएलको उद्घाटन खेल आज साँझ ५ः०० बजेदेखि सुरु हुँदैछ । यसमा दोस्रो संस्करणको विजेता लुम्बिनी लायन्स र उपविजेता सुदूरपश्चिम रोयल्स भिड्दैछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?