काठमाडौं । सुदूरपश्चिमको बैतडी जिल्लालाई केन्द्रबिन्दु बनाएर ४.२ म्याग्निच्युडको भूकम्प गएको छ । उपलब्ध विवरणअनुसार शनिबार दिउँसो १ बजेर ६ मिनेटमा भूकम्प गएको हो ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका भूकम्पविद् राजेश शर्माले बैतडीको ऐरीगाउँ आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको जनाउनु भयो । भूकम्पको धक्का बैतडीसहित सुदूरपश्चिमका पहाडी जिल्लाका विभिन्न स्थानमा महसुस गरिएको बताइएको छ ।
भूकम्पको धक्का महसुस भएपछि स्थानीयवासीले जमीन हल्लिएको अनुभव गरेका थिए । भूकम्पबाट मानवीय र भौतिक क्षति पुग्यो विवरण उपलब्ध हुन सकेको छैन ।
भूकम्पपछि सम्भावित पराकम्प आउन सक्ने भएकाले सर्वसाधारणलाई सतर्क रहन र आधिकारिक निकायबाट जारी सूचनालाई ध्यान दिन आग्रह गरिन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?