देशमा पश्चिमी वायुको आंशिक प्रभाव, मेघगर्जनसहित हल्का वर्षा, हिमपातको सम्भावना
काठमाडौं । पश्चिमी वायुको आंशिक प्रभावले देशका विभिन्न क्षेत्रमा बदली हुने तथा केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपात हुने सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाले हाल कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली हुने जनाएको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा पनि बादल लागेको छ भने अन्य भू–भागको मौसम मुख्यतया सफा रहेको छ ।
दिउँसो देशका हिमाली क्षेत्रका साथै कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपात हुन सक्ने महाशाखाले जनाएको छ । रातिको समयमा हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ भने पहाडी भू–भागको मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?