एमाले चन्द्रागिरिद्वारा शुभकामना आदान–प्रदान, ज्येष्ठ नागरिक र विद्यार्थी सम्मानित
काठमाडौं । नेकपा एमाले चन्द्रागिरि नगर कमिटीले बडादशैँ, शुभदीपावली, नेपाल संवत् ११४७ तथा छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान, चियापान तथा रक्तदान कार्यक्रम आयोजना गरेको छ ।
चन्द्रागिरि नगरपालिका–५ स्थित किसिपिढी लाछिमा आयोजित कार्यक्रममा विभिन्न राजनीतिक दलका नेता तथा प्रतिनिधि, जनप्रतिनिधि र पार्टीका नेता–कार्यकर्ताको सहभागिता रहेको थियो । कार्यक्रममा पूर्वमन्त्री, एमालेका केन्द्रीय तथा प्रदेश तहका सदस्य, पार्टीबाट निर्वाचित वडाध्यक्ष तथा वडा सदस्यसहित चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरी, उपप्रमुख वसन्ती श्रेष्ठ र वडा नं. ५ का वडाध्यक्ष राजेन्द्र महर्जनलगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रमका अवसरमा चन्द्रागिरि–५ का दुई जना ज्येष्ठ नागरिक र सोही वडाबाट माध्यमिक शिक्षा परीक्षा (एसईई) मा उत्कृष्ट अंकसहित उत्तीर्ण भएका दुई विद्यार्थीलाई सम्मान गरिएको थियो । पर्वको अवसरमा आयोजित कार्यक्रममा रक्तदानसमेत गरिएको थियो ।
कार्यक्रममा एमाले चन्द्रागिरि नगर कमिटीका अध्यक्ष उत्तमबहादुर राउतले सहभागी अतिथि, पार्टीका नेता तथा कार्यकर्तालाई स्वागत गर्नुभएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?