चन्द्रागिरिका योगेन्द्र कुँवर कांग्रेसको १५औँ महाधिवेशनबाट केन्द्रीय सदस्यमा विजयी
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट काठमाडौं क्षेत्र नं. १० अन्तर्गत चन्द्रागिरि नगरपालिका–७ का योगेन्द्र कुमार कुँवर केन्द्रीय सदस्य पदमा विजयी भएका छन् । कुँवर श्रमिक क्लस्टरबाट अत्यधिक मतसहित केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन् ।
नेपाली कांग्रेसको केन्द्रीय नेतृत्वमा श्रमिक क्लस्टरको प्रतिनिधित्व गर्दै कुँवर निर्वाचित हुनुलाई चन्द्रागिरि क्षेत्रका लागि महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ । स्थानीय तहमा रहेर पार्टी संगठनसँग जोडिएका नेता कुँवर केन्द्रीय नेतृत्वमा पुग्न सफल हुनुले चन्द्रागिरिको राजनीतिक पहिचान र प्रतिनिधित्वलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ ।
नेपाली कांग्रेसको केन्द्रीय सदस्य पदमा निर्वाचित भएपछि कुँवरले अब पार्टीको नीति निर्माण, संगठन सुदृढीकरण तथा श्रमिक समुदायका सरोकारका विषयमा केन्द्रीय तहमा भूमिका निर्वाह गर्ने अवसर प्राप्त भएको छ । उनको कार्यकालमा श्रमिकहरूको हकहित, अधिकार, रोजगारी, सामाजिक सुरक्षा तथा श्रम क्षेत्रसँग सम्बन्धित विषयले उचित प्राथमिकता पाउने अपेक्षा गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?