काठमाडौं । मुगु जिल्ला छायानाथ रारा नगरपालिका–५ का ७५ वर्षीया धनवीर कामीको धारिलो हतियार प्रहारबाट मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय मुगुका अनुसार स्थानीय ३२ वर्षीय अजविर कामीले धनवीरलाई धारिलो हतियार (खुँडा) प्रहार गरी घाइते बनाएकोमा उपचारका लागि जिल्ला अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको थियो ।
खुँडा प्रहार गरी फरार रहेका अभियुक्त कामीलाई प्रहरीले रारा राष्ट्रिय निकुञ्जको जंगलबाट पक्राउ गरी घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ । मृतकको शव परीक्षणका लागि जिल्ला अस्पतालमा लगिएको प्रहरीले जानकारी दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?