काठमाडौं । काठमाडौं उपत्यकामा अपराध नियन्त्रण र शान्तिसुरक्षा कायम गर्ने उद्देश्यले प्रहरीले संचालन गरेको विशेष अभियानका क्रममा ९८ जना पक्राउ परेका छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौंले असोज २६ गतेदेखि २७ गते बिहान ६ बजेसम्म विभिन्न स्थानमा संचालन गरिएको ‘स्वीप अपरेसन’का क्रममा उनीहरू पक्राउ परेका हुन् । पक्राउ परेकामध्ये ७६ पुरुष र ११ महिला रहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक दानबहादुर थापाले सार्वजनिक कार्यालय, स्थल र यातायातका साधनमा सर्वसाधारणमाथि हातपात गर्ने, होहल्ला र हुलहुज्जत मच्चाउने, दुव्र्यवहार गर्ने तथा चोरी, लुटपाट, बिचौलियाको गतिविधि र गुण्डागर्दीजस्ता कार्यमा संलग्न व्यक्तिलाई लक्षित गरी अभियान संचालन गरिएको हो ।
प्रहरीले पक्राउ परेकामध्ये विभिन्न मुद्दामा अदालतबाट सजाय तोकिएका ९ जना र चालु मुद्दामा फरार रहेका ७ जना प्रतिवादीसमेत छन् । पक्राउ परेका सबैमाथि आवश्यक अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?