सीमापारि किनमेल गर्ने नेपाली घटे, नेपालगञ्जका बजारमा बढ्दै चहलपहल
काठमाडौं । दशैँ–तिहार लक्षित किनमेलका लागि सीमावर्ती भारतीय बजार रुपैडिहा जाने नेपाली उपभोक्ताको संख्या यस वर्ष घटेको छ । नेपालगञ्जस्थित जमुनाह नाकामा जाँचमा कडाइ र भन्सारसम्बन्धी व्यवस्थाका कारण सीमापारि किनमेल गर्न जानेको आवागमन कम भएको हो । यसको प्रभाव रुपैडिहा बजारको व्यापारिक चहलपहलमा देखिएको स्थानीय व्यवसायीहरूको भनाइ छ ।
नेपालगञ्ज उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष कृष्णप्रसाद श्रेष्ठले सीमा नाकामा कडाइ र भन्सारसम्बन्धी नियमका कारण नेपाली उपभोक्ता सीमापारि जाने क्रम घटेको बताउनु भयो । विगतका वर्षमा दशैँका लागि लत्ताकपडा र घरायसी सामग्री किन्न रुपैडिहा जाने नेपालीको भीड लाग्ने गरे पनि यसपटक बजारमा पहिलेको जस्तो चहलपहल नरहेको बताइएको छ ।
सीमापारि जाने उपभोक्ता घटेसँगै नेपालगञ्जका ठूला पसल तथा सपिङ मलमा ग्राहकको आकर्षण बढेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?