काठमाडौं । नवरात्रको तेस्रो दिन आज नवदुर्गामध्येकी चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदैछ । यस अवसरमा घरघरका दशैँघर तथा पूजा कोठामा देवीको आह्वान गरी विधिपूर्वक पूजापाठ गर्ने परम्परा छ । नवरात्रका अवसरमा देशभरका शक्तिपीठ तथा देवी मन्दिरमा दर्शन र पूजाका लागि भक्तजनको चहलपहल बढेको छ ।
धार्मिक ग्रन्थमा उल्लेख भएअनुसार शिरमा अर्धचन्द्र र घण्टा धारण गर्ने देवीको स्वरूपलाई चन्द्रघण्टा भनिन्छ । देवीलाई अन्याय र आसुरी प्रवृत्तिविरुद्धको शक्तिका रूपमा समेत चित्रण गरिएको छ ।
धार्मिक ग्रन्थमा चन्द्रघण्टा देवीको आराधनालाई पाप नाश तथा आध्यात्मिक शक्तिसँग जोडेर व्याख्या गरिएको छ । देवीको स्वरूप शान्त, करुणामयी र तेजस्वी मानिन्छ । धार्मिक मान्यताअनुसार यस दिन विशेष ध्यान तथा पूजा गर्नाले सकारात्मक ऊर्जा र आत्मबल प्राप्त हुन्छ । संगीत तथा कला क्षेत्रमा संलग्न व्यक्तिले पनि देवीको आराधना गर्ने परम्परा रहेको छ ।
नवरात्रको पहिलो दिन घटस्थापना गरी जौँको जमरा राखिन्छ । पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी र तेस्रो दिन चन्द्रघण्टा देवीको पूजा गर्ने शास्त्रीय परम्परा छ । त्यसपछि क्रमशः कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी र सिद्धिदात्रीको आराधना गरिन्छ । यी नौ स्वरूपलाई सामूहिक रूपमा नवदुर्गा भनिन्छ ।
नवरात्रभर घटस्थापना गरिएको स्थानमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवत तथा अन्य देवी स्तोत्र पाठ गर्ने चलन छ । वैदिक सनातन धर्मावलम्बीले शक्ति, ज्ञान, ऐश्वर्य र सुख–समृद्धिको कामना गर्दै आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म विशेष पूजा आराधना गर्छन् । विजयादशमीमा मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने तथा कोजाग्रत पूर्णिमासम्म दशैँको प्रसाद लगाउने परम्परा रहिआएको छ ।
नवरात्रका अवसरमा काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा रहेका शक्तिपीठमा भक्तजनको उपस्थिति बढेको छ । देवी मन्दिरमा पूजा, दर्शन र धार्मिक अनुष्ठान गर्ने क्रमसँगै
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?