काठमाडौं । नेकपा (एमाले) चन्द्रागिरि नगर कमिटीले बडादसैँ, शुभ दीपावली तथा छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान कार्यक्रम आयोजना गर्ने भएको छ ।
नेपालीहरूको प्रमुख चाडपर्वका अवसरमा पार्टीका नेता–कार्यकर्ता, शुभेच्छुक तथा स्थानीयवासीबीच आपसी सद्भाव, एकता र भाइचारा अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको हो ।
नगर कमिटीका अनुसार असोज ३१ गते शनिबार बिहान ७ बजे चन्द्रागिरि नगरपालिका–५ स्थित किसिपिडी, लाछीमा कार्यक्रम हुनेछ । कार्यक्रममा पार्टीका सदस्य, शुभेच्छुक तथा स्थानीयको सहभागिता रहने अपेक्षा गरिएको नेकपा एमाले चन्द्रागिरि नगर कमिटीका अध्यक्ष उत्तम बहादुर राउतले जानकारी दिएका छन् ।
राउतले चाडपर्वले समाजमा आपसी मेलमिलाप, सहकार्य र सांस्कृतिक एकतालाई बलियो बनाउने विश्वाससहित नगर कमिटीले शुभकामना आदान–प्रदान कार्यक्रम आयोजना गर्न लागेको बताएका छन् । यस्ता कार्यक्रमले राजनीतिक दल र समुदायबीचको सम्बन्ध सुमधुर बनाउँदै सामाजिक सद्भाव कायम गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?