कांग्रेस उपसभापतिमा भण्डारी र आचार्य, महामन्त्रीमा पौडेल, राणा र संग्रौला निर्वाचित
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना सम्पन्न भएको छ । अन्तिम मतपरिणाम अनुसार उपसभापति खुलातर्फ डा. चन्द्रकान्त भण्डारी र ई. मधु आचार्य विजयी हुनुभएको छ भने समावेशीतर्फ विनोदकुमार चौधरी विजयी भएका छन् ।
महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा तथा महिला महामन्त्रीतर्फ डा. डिला संग्रौला (पन्त) निर्वाचित भएका छन् । उपसभापति खुलातर्फको मतगणनामा डा. भण्डारीले तीन हजार ७३५ मत प्राप्त गर्दै पहिलो स्थान हासिल गरेका छन् भने आचार्यले दुई हजार ३४२ मत प्राप्त गरेका छन् । यस्तै उपसभापति समावेशीतर्फ चौधरीले एक हजार ७४५ मत प्राप्त गरेका छन् ।
महामन्त्री खुलातर्फको मतगणनामा पौडेलले चार हजार १९४ मत प्राप्त गरेका छन् भने राणा दुई हजार ३३० मत प्राप्त गरी महामन्त्री पदमा विजयी भएका छन् । यस्तै महिला महामन्त्रीतर्फको एक पदमा संग्रौला तीन हजार ११८ मत प्राप्त गर्दै निर्वाचित भएकी छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?