कांग्रेस महाधिवेशन : उपसभापति र महामन्त्रीको मतगणना सुरु हुँदै
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना आजदेखि हुने भएको छ । निर्वाचन समितिले उम्मेदवारहरूसँगको बैठक सकिएपछि मतगणना सुरु गर्ने तयारी गरेको हो ।
निर्वाचन समितिका अनुसार पार्टी केन्द्रीय कार्यालय सानेपाका १४ वटा कोठामा मतगणना गरिनेछ । मतगणनालाई व्यवस्थित र पारदर्शी बनाउन कोठाहरूमा सीसीटीभी क्यामेरा जडान गर्नुका साथै गणनामा सहभागी हुने प्रतिनिधिहरूको नाम संकलन भइरहेको समितिले जनाएको छ ।
यसअघि शुक्रबार राति सम्पन्न मतदानपछि सभापति पदको मतगणना गरिएको थियो । सभापतिमा गगनकुमार थापाले प्रतिस्पर्धी श्यामकृष्ण खड्गीलाई पराजित गर्दै विजय हासिल गरेका थिए । थापाले झन्डै ९४ प्रतिशत मत प्राप्त गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?