चन्द्रागिरिका प्रकाश गोपाली संस्कृति तथा सम्पदा फोटो पत्रकारिता पुरस्कारबाट सम्मानित
काठमाडौं । चन्द्रागिरि नगरपालिका वडा नं. ३, थानकोटका फोटो पत्रकार प्रकाश गोपाली ‘हरि गोपाल प्रधान संस्कृति तथा सम्पदा फोटो पत्रकारिता पुरस्कार’बाट सम्मानित भएका छन् ।
राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपीजे नेपाल) को २९औँ वार्षिकोत्सवका अवसरमा शनिबार आयोजित कार्यक्रममा गोपालीलाई उक्त पुरस्कार प्रदान गरिएको हो । संस्कृति तथा सम्पदाको संरक्षण र प्रवद्र्धनमा योगदान पु¥याउने फोटो पत्रकारिताको कदरस्वरूप प्रदान गरिएको यस पुरस्कारले गोपालीको व्यावसायिक योगदानलाई सम्मान गरेको छ । लामो समयदेखि फोटो पत्रकारितामा सक्रिय गोपालीले तस्बिरमार्फत समाजका गतिविधि, सांस्कृतिक परम्परा तथा सम्पदासँग सम्बन्धित विषयलाई अभिलेखीकरण र सार्वजनिक जानकारीमा ल्याउने कार्य गर्दै आएका छन् ।
गोपालीको सम्मानले चन्द्रागिरिको स्थानीय पहिचानलाई राष्ट्रियस्तरमा चिनाउनसमेत सहयोग पुगेको छ । दृश्य अभिलेखका माध्यमबाट इतिहास, संस्कृति र सम्पदालाई जीवन्त राख्न फोटो पत्रकारिताले निर्वाह गर्ने भूमिकालाई यस पुरस्कारले थप महत्व दिएको छ ।
फोटो पत्रकारितालाई समाचारका दृश्य प्रस्तुतिमा मात्र सीमित नराखी संस्कृति र सम्पदाको संरक्षणसँग जोड्ने अभ्यास महत्त्वपूर्ण मानिन्छ । यस सन्दर्भमा गोपालीलाई प्रदान गरिएको सम्मानले फोटो पत्रकारको व्यावसायिक योगदान र सम्पदामुखी पत्रकारिताको महत्वको उजागर गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?