चन्द्रागिरि–५ किसिपिडीमा रास्वपाको ‘हामी आउँदैछौँ’ अभियान तथा शुभकामना
काठमाडौं । चन्द्रागिरि नगरपालिका–५ किसिपिडीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ‘हामी आउँदैछौँ’ अभियानअन्तर्गत शुभकामना कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा पार्टीका नेता, सांसद, विभिन्न तहका सदस्य तथा स्थानीय जनसमुदायको सहभागिता रहेको थियो ।
कार्यक्रममा सांसद डा. तोसिमा कार्की, सांसद खुस्बु सरकार श्रेष्ठ तथा रास्वपाका नेताहरू अनिता श्रेष्ठ, विष्णुकुमार श्रेष्ठ र टेकबहादुर पोखरेललगायत सहभागी थिए । कार्यक्रममा चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरी तथा कीर्तिपुर र दक्षिणकाली नगरपालिकाका विभिन्न वडा तथा नगर तहका सदस्यहरूको समेत सहभागिता रहेको थियो ।
‘हामी आउँदैछौँ’ अभियानअन्तर्गत आयोजित कार्यक्रमले पार्टीका सदस्य, स्थानीय नेता तथा जनसमुदायलाई एकै ठाउँमा भेला हुने अवसर प्रदान गरेको आयोजकले जनाएको छ । अभियानसँगै शुभकामना आदानप्रदानसमेत गरिएको कार्यक्रममा सहभागीहरूले आपसी भेटघाट र संवादमार्फत सम्बन्ध विस्तार गर्ने अवसर पाएका थिए ।
चन्द्रागिरि, कीर्तिपुर र दक्षिणकाली क्षेत्रका पार्टी सदस्य तथा स्थानीय जनसमुदायको सहभागितामा कार्यक्रम सम्पन्न भएको आयोजकले जनाएको छ । कार्यक्रम सफल बनाउन उपस्थित भएका सम्पूर्ण जनसमुदाय, नगर तथा वडा तहका सदस्य र सहयोगीहरूप्रति आयोजकले आभार व्यक्त गरेको छ ।
स्थानीयस्तरमा आयोजना गरिने यस्ता कार्यक्रमले पार्टीका सदस्य तथा जनसमुदायबीच भेटघाट, संवाद र सहकार्यको अवसर सिर्जना गर्ने अपेक्षा गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?