काठमाडौं । चितवनबाट काठमाडौं आउँदै गरेको भारतीय ग्यास बुलेट धादिङको गल्छी गाउँपालिका–७ मच्छेडी खोलामा दुर्घटनामा परेको छ ।
दुर्घटनामा बुलेटका चालक घाइते भएका छन् भने मुग्लिन–काठमाडौं सडकखण्ड अवरुद्ध भएको छ । धादिङको गल्छी गाउँपालिका–७ मच्छेडी खोलामा चितवनबाट काठमाडौं आउँदै गरेको भारतीय नम्बरको एचआर ३८ एएल ३३६७ ग्यास बुलेट दुर्घटनामा परेको हो । दुर्घटनामा परेर गाडी चालक घाइते भएको प्रहरीले जानकारी दिएको छ ।
सडकमै गाडी पल्टिएपछि मुग्लिन–काठमाडौं सडकखण्ड समेत अवरुद्ध भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?