दसैंका लागि आजबाट अग्रिम टिकट बुकिङ खुला, बसपार्कमा यात्रुको घुइँचो
काठमाडौं । आजदेखि अग्रिम टिकट बुकिङ खुलेसँगै नयाँ बसपार्कमा बिहानैदेखि टिकट लिने यात्रीको घुइँचो लागेको छ । लामो तथा मध्यम दूरीका सवारीसाधनको टिकट लिने यात्रीको घुइँचो लागेको हो ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अनुुसार देशभरका सबै क्षेत्रमा जाने लामो तथा मध्यम दूरीका सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुला गरिएको हो । यसैबीच, प्रहरी प्रभाग नयाँ बसपार्कले चाडपर्वमा आपराधिक गतिविधि हुने सम्भावना अधिक भएकाले बसपार्क क्षेत्रका साथै अन्यत्र पनि शान्तिसुरक्षाको सुदृढ प्रबन्ध मिलाइएको जानकारी दिएको छ । शान्ति सुरक्षाका लागि सादा पोशाकमा समेत प्रहरी परिचालन गरिएको प्रहरीले जनाएको छ ।
यातायात व्यवस्था विभाग, नेपाल प्रहरी र यातायात व्यवसायी तथा मजदुरबीच गत मंगलबार चाडपर्वलक्षित यातायात सेवाका लागि अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?