काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि मतदान सुरु भएको छ । ज्येष्ठ महाधिवेशन प्रतिनिधि शोभाकान्त बरालले गण्डकी प्रदेशमा पहिलो मत खसालेपछि मतदान सुरु गरिएको हो ।
मतदानका लागि मतदाता बिहानैदेखि लाइनमा लागेका थिए । योसँगै हिजो मतदान गर्न नपाएका मतदाता फेरि उत्साही भएका छन् । टाढा जान पर्नेहरू मतदान गरेर दशैँ भित्र्याउन घर पुग्ने सोचमा छन् । यसले कांग्रेस महाधिवेशन प्रतिनिधिमा फेरि ऊर्जा भरेको हो ।
खराब मौसम र प्राविधिक कारणसँगै ढिला मतदान सुरु गर्दा रातिमा मतदातालाई कठिन हुने भएकाले हिजो अपरान्हदेखि थाल्ने भनिएको मतदान मतदाताकै स्वास्थ्यलाई ख्यालमा राखेर शुक्रबार बिहान सारिएको निर्वाचन समितिले जानकारी दिएको छ । दिउँसो ३ बजेसम्म मतदान गर्न सकिने निर्वाचन समितिको भनाइ छ । महाधिवेशन प्रतिनिधिको संख्या ७ हजार ३ सय १७ रहेको बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?