काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बस्नेछ ।
एमालेको ११औँ महाधिवेशनपछि स्थायी कमिटीको बैठक पहिलोपटक बस्न लागेको हो । बैठकमा समसामयिक राजनीतिक विषय तथा पार्टीका आगामी गतिविधिबारे छलफल हुने जनाइएको छ।
एमाले स्थायी कमिटीमा केन्द्रीय पदाधिकारीसहित २७ जना सदस्य रहेका छन् । पार्टीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई वरिष्ठ नेता बनाएको छ । भण्डारी पनि आजको स्थायी कमिटी बैठकमा सहभागी हुने बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?