प्रज्ञा–प्रतिष्ठानका प्रकाशन समेटिएको बृहत् पुस्तक प्रदर्शनी
काठमाडौं । नेपाल प्रज्ञा–प्रतिष्ठानले आफ्ना प्रकाशनहरू पाठकसम्म पुर्याउने उद्देश्यले ‘बृहत् पुस्तक प्रदर्शनी–२०८३’ आयोजना गरेको छ ।
असोज ९ देखि १८ गतेसम्म काठमाडौंस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानको भानुभक्त कक्षमा पुस्तक प्रदर्शनी भइरहेको छ । प्रदर्शनीमा प्रज्ञा–प्रतिष्ठानबाट प्रकाशित विभिन्न पुस्तक तथा सामग्रीहरू राखिएका छन् ।
भाषा, साहित्य, संस्कृति, दर्शनशास्त्र र सामाजिक शास्त्रलगायतका क्षेत्रमा प्रकाशित सामग्री एकै स्थानमा अवलोकन तथा खरिद गर्न सकिने भएकाले प्रदर्शनी पुस्तकप्रेमी, विद्यार्थी, अनुसन्धानकर्ता र साहित्य–संस्कृतिमा रुचि राख्ने पाठकका लागि प्रदर्शनी उपयोगी भएको छ ।
प्रज्ञा–प्रतिष्ठानले पुस्तक प्रदर्शनीमार्फत आफ्ना प्रकाशनलाई पाठकसम्म पुर्याउनुका साथै पठन संस्कृतिको विस्तारमा योगदान पुर्याउँदै आएको छ ।
साथै प्रदर्शनीमा राष्ट्रिय अभिलेखालयले प्रकाशन गरेका पुस्तकहरु पनि प्रदर्शनीमा राखिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?