काठमाडौं । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नं. २ महालक्ष्मी खोला नजिक इभी दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ ।
हेटौंडाबाट काठमाडौं आउँदै गरेको मधेश प्रदेश ०३–००१ ज ०७२० नम्बरको इभी सल्ले सुकौरामा दुर्घटनामा परेको हो । दुर्घटनामा अन्य चार जना घाइते भएको प्रहरीले जनाएको छ । इभीमा आठ जना सवार रहेको र उनीहरुमध्ये ६ जना पुरुष र २ जना महिला रहेको बताइएको छ । दुर्घटनामा गम्भीर घाइते भएका चारमध्ये तीन जनालाई उपचारका लागि काठमाडौं र एक जनालाई हेटौंडा लगिएको प्रहरीले जानकारी दिएको छ ।
मृतक तथा घाइतेको पहिचान खुल्न बाँकी रहेको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको इलाका ट्राफिक प्रहरी कार्यालय भीमफेदीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?