काठमाडौं । त्रिभुवन विश्वविद्यालयको इतिहास केन्द्रीय विभाग (हिसान) कीर्तिपुरले रसुवाको भोटेकोशी बाढीबाट प्रभावित नागरिकका लागि आर्थिक सहयोग गरेको छ ।
विभागले १ लाख ७९ हजार ५२ रुपैयाँ ४० पैसा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको हो । उक्त रकम नेपाल बैंक लिमिटेडमार्फत कोषमा पठाइएको विभागले जनाएको छ ।
इतिहास केन्द्रीय विभागका प्रमुख रमेश श्रेष्ठले विपद्का कारण ठूलो संख्यामा नागरिक प्रभावित भइरहेका बेला विभागको तर्फबाट गरिएको सहयोगले पीडितलाई केही राहत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले कठिन परिस्थितिमा समुदाय र समाजप्रतिको आफ्नो जिम्मेवारी पूरा गर्ने उद्देश्यले विभागले राहत कोषमा सहयोग गरेको बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?