डिजेल चोरी गर्ने रंगेहात पक्राउ, तीन वटा ट्यांकर नियन्त्रणमा
काठमाडौं । रुपन्देही, सिद्धार्थ नगरपालिका–८ स्थित नेपाल आयल निगमका ट्यांकरबाट डिजेल चोरीरहेको अवस्थामा तीनवटा ट्यांकरसहित एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रहरीले मंगलबार नेपाल आयल निगमका ट्यांकरबाट डिजेल निकालिरहेको अवस्थामा करिब ३० लिटर डिजेलसहित एक जनालाई नियन्त्रणमा लिएको हो ।
लुम्बिनी प्रदेश प्रहरी कार्यालयबाट खटिएको टोली र वडा प्रहरी कार्यालय भैरहवाको संयुक्त टोलीले ट्यांकरको सिल तोडिएको तथा पेट्रोलियम पदार्थ निकालिरहेको अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ । सो क्रममा दुईवटा ट्यांकर उक्त स्थानमै फेला परेका थिए भने अर्को एक ट्यांकर घटनास्थलबाट फरार भएकोमा पछ्याउँदै नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ ।
नियन्त्रणमा लिइएका तीनवटै ट्यांकर र एक जना व्यक्तिको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?