काठमाडौं । ऋषिपञ्चमी पर्वका अवसरमा काठमाडौं महानगरपालिका–१२, टेकुस्थित श्री ऋषेश्वर महादेव मन्दिरमा मंगलबार बिहानैदेखि भक्तजनको चहलपहल बढेको छ ।
सप्तऋषिको पूजा तथा आराधना गर्ने धार्मिक परम्पराअनुसार मन्दिर पुगेका भक्तजन दर्शन र पूजाका लागि लामबद्ध भएका छन् । पर्वका अवसरमा मन्दिर परिसरमा श्रद्धालुको बाक्लो उपस्थिति देखिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?