काठमाडौं । जाजरकोटको नलगाड नगरपालिका वडा नं. १ र २ को बीचमा पर्ने बौलाह खोलामा आएको बाढीले ठूलो क्षति पुर्याएको छ ।
जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार आइतबार राति परेको अविरल वर्षाका कारण उक्त खोलामा बाढी आएको हो । बाढीले वडा नम्बर १ बैरीतालमा बसोबास तथा व्यापार गर्दै आएका स्थानीयको भौतिक संरचनामा क्षति पुर्याएको छ भने ८ जनाले व्यवसाय गर्दै आएका घर तथा अस्थायी टहरा बाढीले बगाएको छ ।
प्रहरीका अनुसार स्थानीय मानबहादुर बिकको तीन कोठे टहरा पूर्ण रूपमा बगाएको जनाएको छ भने बबिता महराको अस्थायी टहरा र किराना पसल, कृष्ण महरको एक कोठे अस्थायी टहरा, मेघराज कुमाईको बोइलर कुखुराको दाना राखेको अस्थायी टहरा, नन्दे महरको कपडा पेल्ने मेसिनसहितको अस्थायी टहरा र बलबहादुर बिकको किराना पसल रहेको अस्थायी टहरा बाढीले बगाएको छ । जनक भण्डारीको अस्थायी टहरामा रहेको फ्रेस हाउस र त्यहाँ रहेका १ सय बोइलर कुखुरा समेत बगाएर पूर्ण क्षति पुगेको छ ।
त्यस्तै, दले कामीको अस्थायी टहरामा रहेको किराना पसलमा हिलो र पानी पसेर आंशिक क्षति भएको छ । छवि महरको भे १ ह २६३३ नम्बरको अटोमा हिलोपानी पसेर पुरिएको हो । हिरालाल घर्तीको ग १ त ७२७८ नम्बरको ट्याक्टर माटोले पुरिएर आंशिक क्षति भएको छ । सत्यदेव चनाराको पानीघट्ट पनि बाढीले पूर्ण रूपमा बगाएको प्रहरीले जानकारी दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?