काठमाडौं । भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीले यो वर्षको तीजको रौनक विगतका वर्षको तुलनामा कम देखिएको छ । प्राकृतिक विपत्तिबाट भएको जनधनको क्षतिले धेरै परिवार प्रभावित भएकाले पर्वको उत्साहमा समेत त्यसको प्रभाव परेको छ ।
हरितालिका तीज भाद्र शुक्ल तृतीयादेखि ऋषि पञ्चमीसम्म विभिन्न धार्मिक विधिसहित मनाइन्छ । तृतीयाका दिन शिव–पार्वतीको पूजा तथा व्रत, चौथीका दिन गणेशको पूजा र पञ्चमीका दिन स्नान गरी अरुन्धतीसहित सप्तऋषिको पूजा गरेपछि तीज पर्व सम्पन्न हुने धार्मिक परम्परा छ ।
यस वर्ष गणेश चतुर्थी र ऋषिपञ्चमी एकै दिन परेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिको पात्रोमा उल्लेख छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?