काठमाडौं । संघीय संसद्अन्तर्गतको प्रतिनिधिसभा बैठक सुरु भएको छ । बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘कर्मचारी सञ्चय कोष (दशौँ संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची रहेको छ ।
यस्तै, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ । यसैबीच आज विभिन्न ६ वटा समितिको बैठक पनि बस्दैछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?