चितवनमा कारमा आगलागी हुँदा चालकको मृत्यु, धादिङ दुई वटा गाडी ठोक्किँदा ५ जना घाइते
काठमाडौं । चितवनको भरतपुर महानगरपालिका वडा नंं ९ स्थित पूर्वपश्चिम राजमार्गमा विद्युतीय कारमा आगलागी हुँदा चालकको मृत्यु भएको छ ।
दमकलको सहायताले आगो नियन्त्रणमा लिइएतापनि कार पूर्णरुपमा जलेर नष्ट भएको छ । आगोले शरीर जेलका चालकको सनाखन हुन नसकेको प्रहरीले जनाएको छ । घटनाबारे अनुसन्धान भइरहेको पनि प्रहरीले जानकारी दिएको छ ।
यता, धादिङको गजुरी जरेखेलमा दुई सवारी आपसमा ठोक्किँदा पाँच जना घाइते भएका छन् । विहान करिब १० बजे गजुरीबाट काठमाडौं आउँदै गरेको गाडी र आदमघाटबाट गजुरीतर्फ जाँदै गरेको धादिङ ग्रामिण बस आपसमा ठोक्किएको प्रहरीले जनाएको छ । घाइते पाँचै जनाको उपचार भइरहेको बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?