मन्त्रिपरिषद् बैठक बस्दै, बाढी प्रभावित क्षेत्रबारे छलफल हुने
काठमाडौं । नेपाल सरकार मन्त्रिपरिषद्को बैठक आज दिउँसो ३ बजे बस्ने भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार प्रधानमन्त्री वालेन्द्र साहले बैठक आह्वान गर्नुभएको हो ।
बैठकमा समसामयिक विषयका साथै भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रमा जारी खोज, उद्धार, उपचार, राहत तथा पुनःस्थापनाका विषयमा छलफल हुने जनाइएको छ ।
बाढीपछि सरकारले आफ्ना विभिन्न संयन्त्र परिचालन गरी प्रभावित क्षेत्रमा उद्धार तथा राहतका कामलाई निरन्तरता दिइरहेको छ । प्रभावित नागरिकलाई तत्काल आवश्यक सहयोग उपलब्ध गराउने तथा पुनःस्थापनाको कामलाई प्रभावकारी बनाउने विषयमा बैठकबाट आवश्यक निर्णय गरिने बताइएको छ ।
बाढीबाट प्रभावित क्षेत्रको अवस्था, जारी राहत तथा उद्धारका काम र आगामी दिनमा चाल्नुपर्ने कदमबारे समीक्षा गर्दै थप प्रभावकारी ढंगले काम अघि बढाउने उद्देश्यले बैठक बोलाइएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?