काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले देश तथा जनताको हित, सुख, शान्ति र कल्याणको कामना गर्दै मंगलबार बिहान पशुपतिनाथ मन्दिरमा पूजा आराधना गर्नुभएको छ ।
राष्ट्रपति पौडेलसँगै प्रथम महिला सविता पौडेल पनि पशुपतिनाथ मन्दिर पुग्नुभएको थियो । उहाँहरूले मन्दिरमा विधिपूर्वक पूजा आराधना गर्दै देश र जनताको सुख, शान्ति तथा समग्र कल्याणको कामना गर्नुभएको हो ।
पूजा आराधना सम्पन्न गरेपछि राष्ट्रपति पौडेलले पशुपतिनाथ मन्दिरका पुजारीबाट फूलप्रसाद ग्रहण गर्नुभएको थियो ।
राष्ट्रपति पौडेलको पशुपतिनाथ भ्रमणका क्रममा मन्दिर परिसरमा धार्मिक विधिअनुसार पूजा आराधना गरिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?