काठमाडौं । बैतडीको दोगडाकेदार गाउँपालिका–५ बिटकममा पहिरो खस्दा महाकाली राजमार्ग अवरुद्ध भएको छ । सडक माथिबाट ढुंगासहितको पहिरो खसेपछि बैतडी जोड्ने महाकाली राजमार्ग अवरुद्ध भएको हो ।
जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक दीपककुमार रायले आज बिहान सडकमाथिबाट खसेको पहिरोले सडक अवरुद्ध भएको जनाएका हुन् ।
उहाँले अहिले जेसिबी प्रयोग गरी सडकमा खसेको पहिरो हटाउने काम भइरहेको र पहिरोले उक्त सडकखण्डमा यातायात सेवा प्रभावित भएको जानकारी दिनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?